+
+
Shares

दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

साइबर अपराधसम्बन्धी कसुरमा अदालतबाट तीन दिनको अनुमति प्राप्त भएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ ।

रासस रासस
२०८३ असोज १२ गते १९:३३

१२ असोज, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई काठमाडौं जिल्ला अदालताले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति लिएको छ ।

साइबर अपराधसम्बन्धी कसुरमा अदालतबाट तीन दिनको अनुमति प्राप्त भएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ ।

ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले प्रसाईँलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति प्राप्त भएको जानकारी दिए ।

साइबर ब्युरोको सोमबार प्रसाईँलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?