१३ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत टेनिसको मिक्स्ड डबल्समा नेपालका स्वस्तिका विष्ट र निसान श्रेष्ठको जोडी पहिलो चरणबाटै बाहिरिएका छन् ।
स्वस्तिका र निशानको जोडी इन्डोनेसियाका अल्डिला सुत्जियादी र क्रिस्टोफर रुन्काटको जोडीसँग ६-१ र ६-१ को सेटमा पारजित भएका हुन् ।
यसअघि महिला सिंगल्समा शिभाली र स्वस्तिका बाहिरिसकेका छन् भने पुरुष सिंगल्समा अभिषेक बास्तोला र प्रदीप खड्का पनि बाहिरिसकेका छन् ।
प्रतिक्रिया 4