+
+
Shares

२० वर्ष कैद तोकिएका फरार अभियुक्त पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते १३:१४

१३ असोज, काठमाडौं । २० वर्ष कैद सजाय तोकिएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले काठमाडौं घर भएका ६० वर्षीय राजकुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।

व्यक्ति हत्याको कसुरमा उनलाई २० वर्षको सजाय सुनाइएको थियो । कैद भुक्तान गरिरहेका बेला जेनजी आन्दोलनेका क्रममा उनी सुन्धारा कारागारबाट फरार भएका थिए ।

पक्राउ परेका उनलाई कारागार पठाइएको सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?