+
+
Shares

वर्षाले सिमकोट-हिल्सा सडकखण्ड अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते १४:१३
नाम्खा गाउँपालिका-३ केर्मी गाउँनजिकै सडक र तातोपानी खोला ।

१३ असोज, हुम्ला । अविरल वर्षाले सिमकोट- हिल्सा नाका आउजाउ गर्ने सडक अवरुद्ध भएको छ । सीमा जोडने सडक वर्षाले सडक क्षतविक्षत भएको छ ।

सडक अवरुद्ध भएसँगै सदरमुकाम सिमकोटदेखि हिल्सा नाका आउजाउ गर्ने सवारी साधान ठप्प भएको नाम्खा गाउँपालिका-३ का स्थानीय कुन्साङ हिसे लामाले जानकारी दिए । केर्मी गाउँ नजिक कल्भर्ड पनि वर्षासँगै आएको बाढीले बगाएको लामाले बताए ।

गाउँको खेतीयोग्य जमिन क्षतविक्षत बनाएको स्थानीय छपाक दोर्जी लामाले गुनासो गरे । ‘अन्नबाली वर्षाले बगाएको छ, जतासुकै पहिरो गएर जोखिम छ’, लामाले अनलाइनखबरसँग भने ।

गाउँ नजिकै रहेको तातोपानी खोलाका संरचनासमेत क्षतविक्षत बनाएर बगाएको पेमा लामाको भनाइ छ । गाउँ नजिक खोला निर्माण गरिएको संरचना बगाएको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?