+
+
Shares

सरकारले भन्यो– चोलेन्द्रलाई पक्राउ गरिएको होइन, रेस्क्यू गरेर सुरक्षा दिइएको हो

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते १६:५४

१३ असोज, काठमाडौं । सरकारले पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ नगरिएको दाबी गरेको छ । उनलाई पक्राउ नगरी सुरक्षा थ्रेट बढेपछि रेस्क्यू गरिएको सरकारको भनाइ छ ।

सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले मंगलबार सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै यस्तो बताएका हुन् ।

‘स्पष्ट भइसकेको छ, उहाँलाई पक्राउ गरिएको पनि होइन । नियन्त्रणमा लिएको पनि होइन,’ पोखरेलले भने, ‘उहाँको आफ्नै परिवारबाट थप सुरक्षा माग गरिएर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनुभएको छ । उहाँको सुरक्षामा प्रश्न आइसकेपछि उहाँलाई सुरक्षा प्रदान गर्नका लागि त्यहाँबाट रेस्क्यू गरेर लगिएको हो ।’

नियन्त्रण वा गिरफ्तारी भने नभएको उनको भनाइ छ ।

‘त्यो कुराको पुष्टि उहाँहरूले नै सुरक्षा माग गरेर पत्र दिनुभएको छ, त्यसले नै देखाउँछ,’ पोखरेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?