१५ असोज । स्वर्गीय जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा ‘अक्षरयात्रा–दशक आठ’ समारोहको आयोजना गरिएको छ । श्रेष्ठको ४५औँ दिनको पुण्यतिथिका अवसरमा मंगलबार वसन्त चौधरी फाउण्डेशन र दुर्गालाल साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा समारोह सम्पन्न गरिएको हो ।
कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठको वृत्तचित्र ‘अक्षरयात्रा : दशक आठ’ प्रस्तुत गरिएको थियो भने श्रेष्ठका कविताहरू वाचन गरिएको थियो । कार्यक्रममा ‘अक्षरमहर्षि सम्मान’ समेत प्रजनन गरियो ।
कवि वसन्त चौधरीले अक्षराञ्जली समर्पण स्मृति कथन तथा रुबाई प्रतुति गरिएको थियो ।

को हुन् जनकवि दुर्गालाल श्रेष्ठ ?
फूलको आँखामा फूलै संसार
काँडाको आँखामा काँडै संसार ।
यो जनकवि दुर्गालाल श्रेष्ठको सर्वाधिक लोकप्रिय गीत हो । यो सँगै श्रेष्ठका नेपाल भाषा र नेपाली भाषाका थुप्रै कविता तथा गीतहरू छन् । उनले नेपाल भाषा परिषदबाट सन् २००३ मा जनकविको उपाधि पाएका थिए । मदन पुरस्कार गुठीबाट २०६७ मा जगदम्बाश्री सम्मान समेत पाएका थिए । यीबाहेक अन्य थुप्रै सम्मान तथा पुरस्कार पनि प्राप्त गरेका थिए ।
आमा आशामोती श्रेष्ठ र बुबा गणेशलालका सुपुत्रका रूपमा दुर्गालाल श्रेष्ठको जन्म विं सं. १९९२ मा काठमाडौंमा भएको थियो । उनले पद्मोदय माध्यमिक विद्यालयबाट विद्यालय तहको शिक्षा हासिल गरेका थिए।
उनको पहिलो कविता ‘दुइथोपा’ सन् १९५२ मा सुस्केरा पत्रिकामा प्रकाशित भएको थियो । हाल ६ दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।
२०८३ साउन ३१ गते बूढानीलकण्ठस्थित आफ्नै निवासमा उनको निधन भएको थियो ।
प्रतिक्रिया 4