+
+
Shares

‘लेमोन्जा निम्बु पानी’ यात्रामा जोडिए हरिवंश आचार्य

यस सहकार्य अन्तर्गत कलाकार आचार्य लेमोन्जा निम्बु पानीका अगामी ब्रान्ड अभियान तथा विभिन्न गतिविधिमा सहभागी हुनेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते १३:२२

१४ असोज, काठमाडौं । सिंगापुर बेभरेजेज नेपाल प्रालिले लोकप्रिय अभिनेता तथा हास्यकलाकार हरिवंश आचार्यसँग आफ्नो ब्रान्ड ‘लेमोन्जा निम्बु पानी’ का लागि सहकार्य घोषणा गरेको छ ।

नेपाली कला तथा मनोरञ्जन क्षेत्रमा दशकौंदेखि योगदान पुर्‍याउँदै आएका कलाकार आचार्यको लोकप्रियता र विभिन्न पुस्ताका दर्शकमाझ रहेको बलियो सम्बन्ध ध्यानमा राख्दै यो सहकार्य गरिएको कम्पनीले जनाएको छ ।

यस सहकार्यबारे सिंगापुर बेभरेजेज नेपालका बिजनेस हेड युवराज खत्रीले भने, ‘हरिवंश आचार्यजस्तो लोकप्रिय र दर्शकमाझ गहिरो सम्बन्ध बनाउन सफल व्यक्तित्वसँग सहकार्य गर्न पाउँदा हामी निकै उत्साहित छौं, यो सहकार्यले लेमोन्जा निम्बु पानीलाई अझ धेरै उपभोक्तामाझ पुर्‍याउन सहयोग पुग्ने विश्वास लिएका छौं ।’

यस सहकार्य अन्तर्गत कलाकार आचार्य लेमोन्जा निम्बु पानीका अगामी ब्रान्ड अभियान तथा विभिन्न गतिविधिमा सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?