+
+
Shares

महाधिवेशन प्रक्रियाबारे देउवा समूहले निर्वाचन आयोगलाई पठायो पत्र

पत्रमा पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतबाट पुनरवलोकनका लागि अनुमति पाइएको विषय पनि उल्लेख छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते १६:४४

१४ असोज, काठमाडौं । कांग्रेसको देउवा समूहले बिहीबारदेखि सुरु गर्न लागेको १५ औं महाधिवेशनबारे निर्वाचन आयोगलाई जानकारी गराएको छ ।

पूर्वसभापति शेरबहादुर देउवाले बुधबार सभापतिकै हैसियतमा निर्वाचन आयोगलाई पत्र पठाएर १५ औं महाधिवेशनबारे जानकारी गराएका हुन् ।

आयोगका प्रमुख निर्वाचन आयुक्तलाई सम्बोधन गरेर पठाइएको पत्रमा ‘जानकारी तथा अभिलेखीकरण सम्बन्धमा’ लेखिएको देउवा समूहका एक नेताले जानकारी दिएका छन् ।

उनका अनुसार १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पदावधि र विधानको व्यवस्थाअनुसार १५औं महाधिवेशन सम्पन्न गर्ने निर्णयसँगै कानुनी र प्रक्रियागत विवरणबारे आयोगलाई जानकारी दिइएको छ ।

ती नेताले पत्रमा पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतबाट पुनरवलोकनका लागि अनुमति पाइएको विषय पनि उल्लेख गरिएको जानकारी दिए ।

पत्रमा १५ औं महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय कार्यसमितिको नामावली समेत महाधिवेशन सम्पन्न भएपछि अध्यावधिकका लागि फेरि आयोगसमक्ष पठाइने पनि पत्रमा उल्लेख छ ।

देउवा समूहले बिहीबारदेखि वडा अधिवेशन सुरु गर्दैछ । केन्द्रीय महाधिवेशनको मिति २१–२३ मंसिरका लागि तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?