१५ असोज, काठमाडौं । फ्लाई दुबईको उडानका क्रममा चक्कु प्रहारबाट घाइते भएका भारतीय पाइलट स्मित मच्छरको स्वास्थ्य अवस्था स्थिर रहेको साउदी अरबस्थित भारतीय दूतावासले जनाएको छ।
दूतावासका अनुसार मच्छरलाई उत्तरपश्चिमी साउदी अरबको ताबुकस्थित अस्पतालमा भर्ना गरिएको छ।
उनको आवश्यक उपचार भइरहेको र स्वास्थ्य अवस्थाबारे थप विवरणको प्रतीक्षा भइरहेको दूतावासले जनाएको छ।
दूतावासले सामाजिक सञ्जाल ‘एक्स’मार्फत मच्छरको स्वास्थ्य अवस्थाबारे निरन्तर निगरानी गरिरहेको जनाएको छ।
साथै, उनको परिवारसँग सम्पर्कमा रहेको र साउदी अधिकारीहरूसँग समन्वय गरी उपचारका लागि आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाइलट स्मित मच्छरको प्रशंसा गर्दै उनलाई ‘हिरो’ भनेका थिए।
बुधबार दुबईबाट इजरायलको तेल अभिवका लागि उडेको फ्लाई दुबईको विमान उडेको करिब दुई घण्टापछि साउदी अरबतर्फ मोडिएर अवतरण गरेको थियो।
विमानको ककपिटमै एक पाइलटले अर्का पाइलटमाथि चक्कुले आक्रमण गरेको बताइएको छ।
चक्कु प्रहारमा घाइते भएका पाइलट भारतीय नागरिक स्मित मच्छर हुन्।
घटनाको कारण वा आक्रमणको उद्देश्यबारे भने अहिलेसम्म स्पष्ट जानकारी सार्वजनिक भएको छैन।
-बीबीसी हिन्दीबाट
प्रतिक्रिया 4