+
+
Shares

स्याङ्जा-२ मा प्रतिनिधि छनोटमा विवाद :  सभापति खाण प्रक्रियाबाटै अलग

नेपाली कांग्रेस स्याङ्जा–२ मा प्रतिनिधि चयन प्रक्रियामा विवाद भएपछि क्षेत्रीय सभापति दिलीपप्रताप खाँणले महाधिवेशन प्रक्रियाबाट अलग रहेको घोषणा गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते १३:०२

१५ असोज, काठमाडौं । नेपाली कांग्रेस स्याङ्जा–२ मा प्रतिनिधि चयन प्रक्रियामा विवाद भएपछि क्षेत्रीय सभापति दिलीपप्रताप खाँणले महाधिवेशन प्रक्रियाबाट अलग रहेको घोषणा गरेका छन् ।

महाधिवेशन प्रतिनिधिका लागि दुई दिनअघि विवाद उत्पन्न भएर प्रक्रिया स्थगित भएको छ । असोज १६ गते (भोलि) का लागि पुनः मतदान गर्ने भनिएपनि समय निश्चित गरिएको छैन ।

प्रतिनिधि छनोट व्यवस्थापकीय कमजोरीले हुन पुगेको स्थानीय नेता कार्यकर्ताले आरोप लगाएका छन् । केन्द्रदेखि पालिकासम्म निर्वाचन समिति क्रियाशील हुनुपर्ने दायित्व निर्वाह नगरेको खाँणले बताएका छन् । बिहीबार वक्तव्य निकालेर खाँणले चरम गुटबन्दी, होहल्ला, अफवाह फैलाउने, भइसकेको सहमति नमान्ने, चरित्र हत्या, झुटा प्रचार, उजुरी माथि उजुरी लगायतका गतिविधि भएको हुँदा नैतिकताको आधारमा हाधिवेशन प्रक्रियाबाट अलग भएको घोषणा गरेका छन् ।

स्याङ्जा–२ पालिकाहरुमा निर्वाचित सभापतिहरुलाई अब हुने प्रक्रियामा सहयोग गरिदिन उनले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?