१५ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार कस्तो हो भन्ने विषयमा प्रतिनिधिसभामा प्रतिपक्ष र सत्तापक्ष सांसदहरूबीच सवालजवाफ नै भएको छ ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेलले संसद्मा बहुमतप्राप्त संसदीय दलको नेता प्रधानमन्त्री भएकाले संवैधानिक सरकार जस्तो देखिने बताए । तर आफ्नै दलको बैठकमा नजाने निर्दलीय सरकार जस्तो पनि देखिने टिप्पणी गरे । सर्वदलीय बैठकमा नजाने एक दलीय सरकार जस्तो पनि देखिएको बताए ।
भूमिगत गिरोहबाट चल्ने पञ्चायती जस्तो र राष्ट्रपतिलाई नजरअन्दाज गर्ने श्री ३ महाराज जस्तो देखिएको भन्दै उनले सोधे, ‘खासमा बालेन सरकार कस्तो सरकार हो ?’
एमाले सांसदको यस्तो प्रश्नउपर केहीबेरपछि सत्तारुढ दल रास्वपाका सांसद सन्तोष राजवंशीले बालेन सरकार कस्तो हो भनेर जवाफ दिए ।
२१ फागुन २०८२ को चुनाव एउटा शृङ्खलादेखि अर्को शृङ्खलामा गएको नियमित चुनाव नभएको बताए । नेपाली राजनीतिमा एउटा क्रमभंगता गरेर नयाँ सरकार आएको बताए ।
जनताको जनमतबाट अनुमोदित भएको सरकार र सांसदको बहुमतप्राप्त सरकार भएको ख्याल गर्न सुझाए
‘बालेन सरकार कस्तो हो ? भनेर सोधिरहने माननीयज्यूलाई भन्न चाहन्छु, भ्रष्टाचार न्यूनीकरण गर्ने सरकार हो । देशलाई कमजोर पार्ने जुनसुकै संयन्त्र होस् । चाहे त्यो न्यायलय होस् । चाहे कर्मचारी संयन्त्र होस्, चाहे राजनीतिक संयन्त्र होस् । सबैलाई सुन्ने र थुन्ने सरकार हो’ सांसद राजवंशीले भने ।
आफूहरू कसैका लागि नियनिमत प्रक्रियामा चल्ने सरकार नभएको भनेर उनले विगतमा भ्रष्टाचार गर्नेहरूउपर सरकारले कारबाही अगाडि बढाउने दोहोर्याए ।
प्रतिक्रिया 4