+
+
Shares

रामकुमारी झांक्रीको आरोप– सरकार फासीवादतर्फ उन्मुख भयो

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते १७:३३

१५ असोज, काठमाडौं । नेकपा (एमाले)की सांसद रामकुमारी झांक्रीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको गिरफ्तारीले फासीवादतर्फ उन्मुख भएको देखिएको आरोप लगाएकी छिन् ।

राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै उनले सरकारले पूर्वप्रधानन्यायधीश पक्राउ गर्नुको कारण र जवाफ दिन नसकेर सरकारलाई लाज छोप्न समेत गाह्रो भइरहेको टिप्पणी गरिन् ।

‘फासीजम वा तानाशाही व्यवस्था कसरी आउँछ भनेर दुनियामा धेरै किताबहरू लेखिएको रहेछ । हामी अहिले यस्तै अभ्यास गर्न अभिसप्त हो कि जस्तो पनि देखिन्छ,’ उनले भनिन्, ‘अस्ति मात्रै पूर्वप्रधानन्यायाधीश चालेन्द्र शम्शेर ल जबरा गिरफ्तारीमा पर्नुभयो । सरकारसँग जवाफ छैन, उसलाई लाज छोप्न पनि गाह्रो भइरहेको छ । के कारणले गिरफ्तार गरिएको हो । न कुनै आधार, प्रमाण, कारण केही पनि छैन ।’

सांसद झांक्रीले कार्यकारी प्रमुखमा हुने शक्तिको दुरुपयोग गरी न्यायपालिकार र व्यवस्थापिकामाथि अप्रत्यक्ष प्रहार भइरहेकोप्रति आपत्ति जनाइन् ।

‘देशको कार्यकारी प्रमुखमा असिमित पावर छ भन्ने बुझेर न्यायालय र व्यवस्थापिका दुईटै अंगमाथि अप्रत्यक्ष प्रहारको तरिका हो कि ? सम्माननीय अध्यक्षमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई कठघरामा उब्भ्याएर प्रश्न सोध्नुपर्छ,’ उनले भनिन् ।

जबरा पक्राउ प्रकरणमा सरकारलाई कठघरामा उभ्याएर जवाफ माग्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?