+
+
Shares

दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण जारी

दक्षिणी लेबनानमा बिहीबार पनि इजरायली आक्रमणहरू जारी रहेको जनाइएको छ भने आक्रमणका क्रममा दक्षिणी क्षेत्रका विभिन्न स्थानहरूलाई लक्षित गरी हवाई आक्रमण, तोपखाना प्रहार गर्नुका साथै मेसिनगनबाट गोलाबारी गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते १७:५९

१५ असोज, बेरुत (रासस/क्यसएनए) । दक्षिणी लेबनानमा बिहीबार पनि इजरायली आक्रमणहरू जारी रहेको जनाइएको छ भने आक्रमणका क्रममा दक्षिणी क्षेत्रका विभिन्न स्थानहरूलाई लक्षित गरी हवाई आक्रमण, तोपखाना प्रहार गर्नुका साथै मेसिनगनबाट गोलाबारी गरिएको छ ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सी एनएनएका अनुसार इजरायली विमानहरूले जावतार अल–शर्किया क्षेत्रको बाहिरी इलाकाबाट माइफादुन तर्फको क्षेत्रमा आक्रमण गरे भने नबातिह अल–फौका को बाहिरी भागमा रहेको अली अल–ताहेर पहाडमा पटक–पटक गाली प्रहार गरियो ।

इजरायली सेनाका सवारी साधनहरू बिन्ट जबेल जिल्लाको हद्दाथा सहर हुँदै अघि बढ्दा उनीहरूले मेसिनगनबाट गरिएको गोलीबारीको प्रभावमा परेको जनाइएको छ ।

लेबनानको दक्षिणी सीमा क्षेत्रमा तनाव र द्वन्द्व बढ्दै गएको तथा आक्रमणको दायरा फराकिलो हुँदै आवासीय क्षेत्रहरूलाई निरन्तर निशाना बनाइएकोमा चौतर्फी चिन्ता व्यक्त भइरहेका समयमा यस्ता घटनाक्रमहरू देखिएका हुन् ।

लेबनान र इजरायलले गत जुनमा अमेरिकाको मध्यस्थतामा एउटा सम्झौतामा हस्ताक्षर गरेका थिए । उक्त सम्झौतामा लेबनानी सेनाको क्रमशः तैनाथी, कब्जा गरिरहेको सेनाको फिर्ती तथा पुनर्निर्माण र आर्थिक पुनरुत्थानसम्बन्धी उपायहरू सहितका सुरक्षा व्यवस्थाहरू समावेश थिए । यद्यपि, यसका प्रावधानहरूको कार्यान्वयनमा भने अझै पनि अवरोधहरू देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?