+
+
Shares

ताप्लेजुङ दोभान आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबुलकारको ५ लाख सहयोग

केबुलकारका प्रतिनिधिले बुधबार दोभान बजारमै पुगेर आगलागी पीडितका लागि ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते १७:४५

१५ असोज, काठमाडौं । पाथीभरा देवी दर्शन केबुलकारले ताप्लेजुङ दोभान बजारका आगलागी पीडितलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

केबुलकारका प्रतिनिधिले बुधबार दोभान बजारमै पुगेर आगलागी पीडितका लागि ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

केबलकार कम्पनीका सञ्चालक रुद्र पौडेलले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको जानकारी दिए । कम्पनीले ताप्लेजुङमा विभिन्न सामाजिक तथा मानवीय कार्यमा समय–समयमा सहयोग गर्दै आएको जनाएको छ ।

ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको दोभान बजारमा ८ असोजमा आगलागी भएको थियो । आगलागीबाट १० घरमा क्षति पुगेको थियो । स्थानीय डन्डु शेर्पाको घरबाट विद्युत् सर्ट भई आगलागी सुरु भएको बताइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?