+
+
Shares

विद्यालयमा जातीय विभेद गरेको आरोपमा तीन शिक्षक पक्राउ

कैलालीमा जातीय विभेद गरेको आरोपमा तीन जना शिक्षकलाई पक्राउ गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते १७:५८

१५ असोज, धनगढी । कैलालीमा जातीय विभेद गरेको आरोपमा तीन जना शिक्षकलाई पक्राउ गरिएको छ ।

गौरीगंगा नगरपालिका–६ मोयामा रहेको भैरव आधारभूत विद्यालयमा जातीय विभेद तथा छुवाछुत गरेको आरोपमा तीन जना शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा शिक्षक भगवती बडैला, भगवती रेग्मी र टेकराज उपाध्याय रहेका छन् ।

दलित समुदायका विद्यार्थी तथा अभिभावकले दिएको जाहेरीका आधारमा तीनै जनालाई पक्राउ गरिएको डीएसपी हिरासिंह महराले जानकारी दिए ।

उनीहरूमाथि दलित समुदायका विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षिका र कार्यालय सहयोगीमाथि जातीय विभेद गरेको आरोपसहित कारबाही गर्न माग गरिएको छ ।

प्रहरीका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर बिक, शिक्षिका बिना बिक, कार्यालय सहयोगी लक्ष्मीदेवी दमाई र दलित विद्यार्थीमाथि जातीय विभेद गरिएको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?