+
+
Shares

भारतीय पाइलट स्मित मच्छरलाई गुजरात सरकारले सम्मान गर्ने

इजरायल जाँदै गरेको विमानमा आक्रमण हुँदा यात्रुहरूको ज्यान बचाउने भारतीय पाइलट क्याप्टेन स्मित मच्छरको साहसबारे गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले प्रशंसा गरेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते १८:०३

इजरायल जाँदै गरेको विमानमा आक्रमण हुँदा यात्रुहरूको ज्यान बचाउने भारतीय पाइलट क्याप्टेन स्मित मच्छरको साहसबारे गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले प्रशंसा गरेका छन्। मुख्यमन्त्रीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै आज पूरै संसारले क्याप्टेन मच्छरको साहसलाई सलाम गरिरहेको बताएका छन्।

मुख्यमन्त्रीले भनेका छन्, ‘आक्रमणमा गम्भीर घाइते र रक्ताम्मे हुँदा पनि क्याप्टेन स्मित मच्छरले अदम्य साहस देखाए र १७४ जना यात्रुको ज्यान बचाए ।’ उनले यो धेरै प्रेरणादायी र सराहनीय कार्य भएको बताएका छन्।

गुजरातका यी वीर सपूतले आफ्नो शौर्यबाट राज्यको मात्र नभई पूरै देशको नाम संसारभर उच्च बनाएको मुख्यमन्त्रीले बताएका छन्। क्याप्टेन मच्छरको बहादुरीमा सबै गुजरातवासीलाई गर्व रहेको उनले बताएका छन्।

गुजरात सरकारले क्याप्टेन स्मित मच्छरको असाधारण साहस र मानवताको भावनाको सम्मान गर्दै उनलाई ‘विशिष्ट गुजरात गरिमा अवार्ड’बाट सम्मानित गर्ने घोषणा गरेको छ। पूरै गुजरात क्याप्टेन मच्छरको शीघ्र स्वास्थ्य लाभको प्रार्थना गरिरहेको पनि मुख्यमन्त्रीले बताएका छन्।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि पाइलट मच्छरको प्रशंसा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?