इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकासँग संवाद जारी राख्ने बताएका छन् । वार्ताका क्रममा अमेरिकाले इरानमाथि तीन पटक आक्रमण गरेपनि इरानले संवादबाट आफूलाई कहिल्यै टाढा नराखेको उनको भनाइ छ ।
उद्यमीहरूसँगको बैठकमा पेजेस्कियानले सरकारले व्यापार क्षेत्रसँग सम्बन्धित सबै समस्या समाधान गर्न गम्भीरतापूर्वक काम गरिरहेको बताए । अर्धसरकारी समाचार एजेन्सी तस्निमका अनुसार उनले यस्तो बताएका हुन् ।
‘हामीले कहिल्यै संवादबाट आफूलाई टाढा राखेका छैनौँ र राख्ने पनि छैनौँ,’ पेजेस्कियानले भने, ‘यद्यपि अमेरिकाले हाम्रो देशलाई तीन पटक निशाना बनाएको छ ।’
राज्यका प्रमुखहरूबीच राम्रो समन्वय र सहकार्य रहेको तथा सबैजना समस्या र कमजोरी समाधान गर्न लागिपरेको पनि पेजेस्कियानले बताए ।
समुद्री क्षेत्रमा रहेका प्रतिबन्धका बाबजुद इरानले पाकिस्तान, इराक, तुर्कमेनिस्तान र अजरबैजानसँग स्थलमार्गमार्फत आयात–निर्यातका विकल्प विस्तार गर्न खोजिरहेको उनले बताए ।
प्रतिक्रिया 4