+
+
Shares

ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १६ गते ७:१७

१६ असोज, धनगढी । अछाममा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ५० वर्षीय कृतसिंह घर्तीमगर रहेका छन् ।

प्रहरीका अनुसार पञ्चदेवल विनायक नगरपालिका–७ स्थित कच्ची सडकखण्डमा बुधबार राति उनी ट्याक्टरको ट्रलीबाट खसेका थिए ।

सामान लोड भएको कर्णाली प्रदेश ०२–००१ त ०२३१ नम्बरको ट्याक्टर उकालो सडकमा गुडिरहेका बेला उनी अचानक खस्न पुग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि ट्याक्टर चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?