+
+
Shares

कञ्चनपुरमा भारतबाट भन्सार छलेर ल्याइएका ३ लाख ७९ हजारका सामान बरामद

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १६ गते १३:४७

१६ असोज, कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरीले भारतबाट भन्सार छली गरी ल्याइएका करिब ३ लाख ८० हजार रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बीओपी जिमुवाले भीमदत्त नगरपालिका–१० तिलाचौरबाट उक्त सामान बरामद गरेको हो ।

भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याई बेवारिसे अवस्थामा राखिएका इलेक्ट्रोनिक सामान, मोबाइल कभर, मोबाइल ग्लास, बीउबिजन तथा किराना सामान बरामद गरेको हो ।

बरामद सामानको भन्सार मूल्य ३ लाख ७९ हजार ७८० रहेको र कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकीमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?