+
+
Shares

कांग्रेस रुपन्देही–२ मा गिरीको प्यानलै विजयी

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १६ गते १४:४४

१६ असोज,बुटवल । नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं २ को सभापतिमा प्रजापाल गिरी प्यानलसहित निर्वाचित भएका छन् ।

पार्टीको १५औं महाधिवेशन अन्तर्गत बिहीबार भएको अधिवेशनमा गिरीले प्रशन कोइरालालाई १५७ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।

अधिवेशनमा नेतृत्वका लागि सहमति नभएपछि गिरी र कोइरालाले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गरेका थिए । शुक्रबार बिहान सकिएको मत परिणाम अनुसार गिरी ४८५ मत पाएर निर्वाचित भएका हुन् । सभापतिका प्रतिस्पर्धी कोइरालाले ३२८ मत पाएका छन् ।

यसैगरी क्षेत्रीय सचिवमा छाया पोखरेल ४५९ मत पाएर निर्वाचित हुंदा कोइराला प्यानलका चोलाप्रसाद पाठकले ३३१ मत पाएर पराजित भएका छन् ।

सहसचिव खुल्लातर्फ गिरी प्यानलकै मोहन बस्याल ४२० मत पाएर विजयी हुंदा कोइराला प्यानलका सागर पाठकले ३२० मत पाएर पराजित भए ।

सहसचिव महिलातर्फ गिरीको प्यानलबाटै गीता अधिकारी ३८९ मत पाएर निर्वाचित हुंदा कोइराला प्यानलकी शान्ता अर्याल क्षेत्री ३५८ मत पाएर झिनो मतान्तरले पराजित भइन् ।

क्षेत्रीय कार्यसमिति सदस्यमा पनि गिरी प्यानलका सबै उम्मेदवार निर्वाचित भएका छन् । यस्तै महाधिवेशन प्रतिनिधिहरूमा पनि ९५ प्रतिशत गिरी प्यानलबाटै निर्वाचित भएका महाधिवेशन प्रतिनिधिमा निर्वाचित विमलराज भट्टराईले जानकारी दिए । क्षेत्रीय सभापतिमा पराजित कोइराला कांग्रेस नेता बालकृष्ण खाण निकट मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?