+
+
Shares

आन्दोलनका कार्यक्रम तय गर्न आजपाले बोलायो केन्द्रीय कमिटी बैठक

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १६ गते १८:५३

१६ असोज, काठमाडौं । आम जनता पार्टी (आजपा) ले आन्दोलनको घोषणा गर्न भन्दै केन्द्रीय कमिटी बैठकको आह्वान गरेको छ ।

काठमाडौंको कमलाद स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार बस्नेगरी आजपाले केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।

आजपाका प्रवक्ता सुभाष साहका अनुसार पार्टीको आगामी कार्ययोजनाको रुपरेखा तय गर्न बैठक राखिएको हो । जसले आगामी आन्दोलनको तयारी बारेमा महत्वपूर्ण निर्णय गर्नेछ ।

उक्त बैठकमा सरकारको कामकारवाहीको समिक्षासहित अध्यक्ष प्रभु साहले प्रस्तुत गर्ने राजनीतिक प्रतिबेदनसहित समसामयिक बिषयमा महत्वपूर्ण निर्णय हुने प्रवक्ता साहले जनाएका छन् ।

यसैगरी बैठकमा मुल्यबृद्धि, कालोबजारी, कर आतंक, मलखाद्यको अभाव, बाढीपीडितको पुनर्स्थापना तथा पुननिर्माण सहितका बिषयमा छलफल एवं निर्णय हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?