१७ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन आइतबारदेखि सुरू हुँदैछ ।
‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित महाधिवेशन सुरु हुन लागेको हो ।
महाधिवेशनको उद्घाटन उद्घाटन समारोह आइतबार दिउँसो २ बजेदेखि खुल्ला मञ्चमा सुरू हुने छ । कांग्रेसले महाधिवेशनको बन्दसत्र र अन्य कार्यक्रमहरू सोमबार र मंगलबार (१९–२० असोज) हुने बताएको छ ।
निर्वाचन कार्यक्रमका लागि २१ र २२ असोज तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिले शुक्रबार र शनिबार महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता (रजिष्ट्रेशन) गरेको छ ।
महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौंको खुलामञ्चमा तयारी पूरा गरिएको छ । उद्घाटनस्थलमा मञ्च निर्माण, कुर्सीहरू व्यवस्थापन, झण्डा लगायतका सामग्री राख्ने काम लगभग सकिएको छ ।
महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ताका लागि ३५ सय रुपैयाँ तोकिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार, बाँकी रहेका केही क्षेत्रका अधिवेशन पनि आज सम्पन्न भएर भोलिबाट सबै प्रतिनिधिहरू काठमाडौं आइपुग्नेछन् ।
महाधिवेशनको उद्घाटन सत्र खुलामञ्चमा हुन लागेको हो ।
तस्वीरहरू–













प्रतिक्रिया 4