+
+

ज्यानकै बाजी थापेर सिंहदरबार सिंगार्दैछन् कामदार

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १९ गते ७:४९

१९ कात्तिक, काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय रहेको भवनमा यतिखेर ठाउँ-ठाउँमा मोटा डोरीका लट्ठा झुण्डिएका छन् । दायाँबायाँ ठुल्ठूला लट्ठा र बीचमा बाँसका टुक्रा झुन्ड्याएर भर्‍याङ बनाइएकोृ छ । singhadubar
त्यही भर्‍याङमा चमेराझै तुन्द्रुंग झुन्डिएर बसेका हुन्छन् १५-१६ जना कामदार, जो यो भवनमा रंगरोगन गर्दैछन् ।
देशकै कार्यकारी प्रमुखको कार्यस्थलमा सेतो रङ पोलिरहेका ती कामदार कतिसम्म असुरक्षित ढंगले काम गरिरहेका छन् भने देख्नेहरुको ज्यानै सिरिंग हुने गरेको नागरिकमा खबर छ ।
उनीहरु सानो बाँसको टुक्रामा टेक्छन् । एक हातले डोरी समात्छन् । त्यही हातले भित्तामा रङ छ्याप्छन् । उनीहरुको सुरक्षाका लागि सेक्युरिटी बेल्टधरि बाँधिएको छैन् । अचेल निजी भवन निर्माणमा समेत अपनाउन थालिएको यस्तो सुरक्षा सतर्कताबाट सरकारी संयन्त्र आफैं लापरबाह देखिएको छ । उनीहरुको दुर्घटना बिमासमेत नगरिएकाले न टेक्ने भुइँ छ, न समाउने हाँगो ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा रंगरोगन गरिरहेका मजदुर आफूले पटकपटक सेक्युनिटी बेल्ट माग गर्दा पनि सुनुवाइ नभएको गुनासो गर्छन ।
‘काम गर्दा दुर्घटना हुनसक्छ, यस्तोबाट जोगिन हामीले पटकपटक सेक्युरिटी बेल्ट मागेका थियौं, तर, पाएका छैनौं,’ रङ लगाइरहेका मध्ये प्रेम सिवाकोटीले मंगलबार भने, ‘सेक्युरिटी बेल्ट नदिएपछि हामीले त्यसै काम गर्दै आएका छौं ।’
ठूला र अग्ला भवनमा मात्र होइन, साना भवनमा समेत रङ लगाउँदा कामदारको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने अन्तर्राष्ट्रिय प्रावधान छ । त्यही भएर वैदेशिक रोजगारमा जानेहरुको सुरुमै जीवन बिमा गरिएको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?