१८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा रोल्पाबाट चार जनाले विभिन्न पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
असोज १८ देखि २२ गतेसम्म काठमाडौंमा हुने १५औं महाधिवेशनमा रोल्पाबाट महामन्त्री, सहमहामन्त्री र दुई केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा भएको हो।
रोल्पा गंगादेव गाउँपालिकाका स्थायी बासिन्दा तथा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। त्यस्तै, रोल्पा नगरपालिकाका स्थायी बासिन्दा मनोजमणि आचार्यले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
परिवर्तन गाउँपालिकाका स्थायी बासिन्दा डा. सुदनकुमार वलीले ३५ वर्षमुनिको युवा क्लस्टरबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। रुन्टीगढी गाउँपालिकाका स्थायी बासिन्दा धनबहादुर रसाइलीले पनि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
चारै जना असोज ११ गते रोल्पाबाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रिया 4