+
+
Shares

२४ वर्षीय यादवले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १८ गते २२:३०

१८ असोज, सिरहा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा २४ वर्षीय युवा विनय कुमार यादव (अधिकारी) ले केन्द्रीय सदस्य (युवा) पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

पार्टीको केन्द्रीय सदस्यमा युवा समूहबाट उनले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

सिरहा क्षेत्र नम्बर–४ बाट ३५ वर्षमुनिको युवा क्लस्टरतर्फबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित यादव महासमिति सदस्यसमेत बनेका छन् ।

नरहा गाउँपालिका–३ का स्थायी बासिन्दा यादव कांग्रेसको राजनीतिमा युवा पुस्ताको प्रतिनिधित्व गर्दै अघि बढिरहेका छन् ।

यादवले २०७४ सालमा नेपाल विद्यार्थी संघको सचिव पदमा निर्वाचित हुँदै राजनीतिक यात्रा सुरु गरेका थिए । उनी हाल पनि नेपाल विद्यार्थी संघमा आबद्ध रहेर संगठनात्मक तथा सामाजिक गतिविधिमा सक्रिय छन् ।

कांग्रेसको विधानअनुसार प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट ३५ वर्षमुनिका युवामध्ये दुई जना खुला र एक जना महिलासहित तीन जना महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार यादव सिरहा क्षेत्र नम्बर–४ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित र महसमिति सदस्य भएका हुन् ।

राजनीतिसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय यादव गोलबजारमा काठ तथा फर्निचर व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?