+
+
Shares

विश्वप्रकाश शर्माले भने- प्रधानमन्त्रीको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते १५:४६

१९ असोज, काठमाडौं । कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले बालेन्द्र शाहले आइतबार गरेको टिप्पणीप्रति प्रतिटिप्पणी गरेका छन् । उनले महाधिवेशनको बन्द सत्रमा प्रतिवेदन पेश गर्दै हिजो प्रधानमन्त्रीले दिएको अभिव्यक्ति लोकतन्त्रको सुन्दर पक्ष रहेको उल्लेख गरे ।

‘हिजो प्रधानमन्त्रीले एउटा लेख्नुभयो भयो रे । प्रधानमन्त्रीको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु’ उपसभापति शर्माले भने,’कांग्रेसले लडेर ल्याएको लोकतन्त्रमा बोल्ने स्वतन्त्रता छ ।’

उनले लोकतन्त्रको परीक्षण प्रबृत्तिबाट हुने बताए ।

प्रधानमन्त्री शाहले कांग्रेसको महाधिवेशनलाई लक्षित गर्दै हिजो धन्न खुल्लामञ्च बनाएको थियो र त्यहाँ गएर नेताहरूले गाली गर्न पाएका छन् भन्ने खालको स्टाटस लेखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?