१० असोज, काठमाडौं । लिम्बु समुदायको एक सामाजिक संस्था ‘केत्तकुम लिबाङ पाङ्पत सयङ’ ले विपन्न विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले रु. एक करोडको अक्षय कोष स्थापना गरेको छ।
विपन्न विद्यार्थीको उच्च शिक्षा, अनुसन्धान र सीप विकासमा सहयोग पुर्याउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको संस्थाका अध्यक्ष लोकेश लिबाङले बताए। उनका अनुसार पाङ्पत लिबाङ वंशका सदस्यहरूको योगदानबाट कोष स्थापना गरिएको हो।
अक्षय कोष स्थापनाको जानकारी दिने उद्देश्यले गरिएको कार्यक्रममा एसईईका उत्कृष्ट विद्यार्थीलाई सम्मान समेत गरिएको छ। मिक्वाखोला गाउँपालिका–३, लिबाङ, ताप्लेजुङकी श्रुती लिम्बू, सोही स्थानका कमल कुमार लिम्बू र चैनपुर, संखुवासभाकी वर्षा लिम्बूलाई नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तिल विक्रम नेम्बाङ ‘बैरागी काइँला’ले सम्मान गरेका हुन्।
प्रतिक्रिया 4