+
+
Shares

वरिष्ठ पत्रकार राजन शर्मा शिक्षा पत्रकारिता पुरस्कारबाट सम्मानित

शिक्षा पत्रकार समूहले वरिष्ठ पत्रकार राजन शर्मालाई शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते २१:१५

१९ असाेज, काठमाडौं । शिक्षा पत्रकार समूहले वरिष्ठ पत्रकार राजन शर्मालाई शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। समुहको २७ औँ साधारणसभा तथा १३ औं महाधिवेशनको अवसरमा उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

उनलाई शिक्षाविद् तथा पूर्वउपकुलपति केदार भक्त माथेमाले नगद २५ हजार र प्रमाणपत्र सहित सम्मान प्रदान गरे ।

उक्त कार्यक्रममा उनीसहित पाँँच जना सम्मानित भएका छन्। समूहले सिर्जनशिल शिक्षक सम्मान काठमाडौं विश्वविद्यालयका जोलेशन शाहलाई प्रदान गरिएको छ ।

कार्यक्रममा उत्कृष्ट प्रधानाध्यापक सम्मान त्रिशुली त्रिभुवन माविका प्रधानाध्यापक राजेन्द्र दवाडीलाई प्रदान गरिएको छ । भदौ १० मा आएको बाढीमा विद्यार्थीहरुलाई सुरक्षित राख्न निर्वाह गरेको भुमिकाको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो ।

यस्तै संस्थातर्फ सेभ द चिल्ड्रेनलाई सम्मानित गरिएको छ। उक्त सम्मान संस्थाको प्रतिनिधि लक्ष्मी पौडेललाई हस्तान्तरण गरिएको हो ।

नवप्रवर्तन क्षेत्रमा रानीदेवी माध्यामिक विद्यालयकी विद्यार्थी बेबिशा मगरातीलाई प्रदान गरिएको छ ।

उक्त पुरस्कार ५ सदस्यीय समितिले छनोट गरेको समुहले जनाएको छ । कार्यक्रममा शैक्षिक क्षेत्रमा सरोकार राख्ने विभिन्न व्यक्ति र संस्थाका प्रतिनिधिले सहभागिता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?