+

नोभाक जोकोभिचले जिते चाइना ओपन टेनिसको उपाधि

२०८३ असोज  २० गते १८:३८ २०८३ असोज २० गते १८:३८

२० असोज, काठमाडौं । सर्बियन स्टार नोभाक जोकोभिचले चाइना ओपन टेनिसको उपाधि जितेका छन् ।

मंगलबार भएको फाइनलमा अस्ट्रेलियाका एलर्क्स डे मिनोरलाई हराउँदै ३९ वर्षीय जोकोभिचले उपाधि जितेका हुन् ।

जोकोभिचले पहिलो सेट ७-६ (७-३) ले जितेका थिए । दोस्रो सेटमा डे मिनोरले १-० को अग्रता बनाएपनि त्यसपछि स्वास्थ्य समस्याका कारण खेल्न सकेनन् र जोकोभिच च्याम्पियन बने ।

जोकोभिचले सातौंपटक चाइना ओपनको उपाधि जितेका हुन् ।

सोमबार भएको सेमिफाइनलमा रुसका डानिल मेडभेडेभलाई २-० को सेटमा पराजित गर्दै ३९ वर्षीय जोकोभिच फाइनलमा पुगेका थिए ।

यो प्रतियोगिता एटीपी मास्टर्स ५०० अन्तर्गतको रहेको छ ।

पछिल्लो पटक उनले सन् २०१५ मा राफायल‌ नाडाललाई हराउँदै उपाधि जितेका थिए ।

चाइना ओपन टेनिस नोभाक जोकोभिच

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय