+
+
Shares

उद्यमी विन्दु मल्ल ठकुरीद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

कांग्रेस नेतृ एवं उद्यमी विन्दु मल्ल ठकुरी (आस्था) ले पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते १९:३४

२० असोज, काठमाडौं । कांग्रेस नेतृ एवं उद्यमी विन्दु मल्ल ठकुरी (आस्था) ले पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन् । ठकुरीले खस आर्य महिलातर्फको कोटामा केन्द्रीय सदस्यका लागि आफ्नो उम्मेदवारी दर्ता गरेकी हुन् ।

ठकुरीले नेविसंघ र तरुण दलको केन्द्रीय समितिमा रहेर काम गरिसकेकी छन् । उनी १५ औं महाधिवेशन अन्तर्गत तनहुँ–२ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन् ।

ठकुरी नेपाली जनसम्पर्क समिति, दक्षिण कोरियाकी पूर्वसभापति पनि हुन् ।  वातावरणविद् तथा उद्यमी समेत रहेकी ठकुरी राजनीतिक गतिविधिसँगै विभिन्न सामाजिक संघसंस्थामा पनि सक्रिय रहँदै आएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?