+
+
Shares

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

सभापतिका लागि गगनकुमार थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते १९:३६

२० असोज, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ । १५औं महाधिवेशनअन्तर्गत २२ असोजमा हुने निर्वाचनका लागि सभापति पदमा तीन जनाको उम्मेदवारी परेका हो ।

सभापतिका लागि गगनकुमार थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार सबैभन्दा पहिले नेता खड्गीले उम्मेदवारी दर्ता गरेका हुन् ।

उनीपछि बेलुकी साढे ६ बजेतिर थापाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन् । सभापति थापापछि नेता राठौर उम्मेदवारी मनोनयनका लागि पुगेका थिए ।

राठौरले भर्खरै सभापतिका लागि मनोनयन दर्ता गरेका हुन् । १४औं महाधिवेशनमा सहमहामन्त्रीमा विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?