+
+
Shares

इजरायल पठाउने भन्दै ठगी गर्ने थप २ जना पक्राउ

इजरायल पठाउने भन्दै ठगी गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २१ गते १३:१२

२१ असोज, काठमाडौं । इजरायल पठाउने भन्दै ठगी गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरूलाई मुलपानी क्षेत्रबाट पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले बताए ।

योसँगै पक्राउ पर्नेको संख्या चार पुगेको छ । यसअघि सीआईबीले कांग्रेस नेता भरतप्रसाद चौलागाईं र दोलखाकी बालिका शिवाकोटी पक्राउ गरेको थियो। अहिले सीआईबीले उनीहरूबाट कोही पीडित भए उजुरी दिन आह्वान गरेको छ ।

सीआईबीले एक सूचना जारी गर्दै ठगी आरोपमा पक्राउ परेका भरतप्रसाद चौलागाईंसमेतका व्यक्तिबाट पीडित भए उजुरी दिने आग्रह गरेको छ ।

अहिलेसम्म २ करोड ५० लाख रुपैयाँ ठगी भएको भन्दै सीआईबीमा उजुरीमा परेको छ । नेपाल सरकार र इजराय सरकारबीच सम्झौता भएर केयरगिभर परीक्षामा उत्तीर्ण भएकाहरूलाई प्रधानमन्त्रीको सल्लाहकारसँग चिनजान रहेको बताउँदै छिटो इजरायल पठाउने भनेर रकम उठाउँदै ठगी गरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?