+
+
Shares

योगेश भट्टराईले किन सम्झिए ‘मकैको खेती’ ?

भट्टराईले लेखेका छन्, ‘सत्ता र शक्तिवालाहरू, आफू कानुनको धज्जी उडाउँछन्, कानुन उल्लंघन गर्छन् । अनि अरूलाई कानुन पालना गर्न उर्दी जारी गर्छन् ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २१ गते १३:२५

२१ असोज, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले ‘मकैको खेती’ नामक पुस्तक सम्झिएका छन् ।

भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सत्ता र शक्तिवालाहरू, आफू कानुनको धज्जी उडाउँछन्, कानुन उल्लंघन गर्छन् । अनि अरूलाई कानुन पालना गर्न उर्दी जारी गर्छन् ।’

भट्टराईले ‘मकैको खेती’ नामक पुस्तक र यो पुस्तकका लेखक कृष्णलाल अधिकारीलाई सम्झिँदै भनेका छन्, ‘तब कृष्णलाल अधिकारीहरू जन्मन्छन, र मकैको खेती सुरू हुन्छ, त्यसपछि के हुन्छ ?’

मकैको खेती नामक पुस्तक १९७७ मा सार्वजनिक भएको पुस्तक हो । यसले तत्कालीन क्रुर राणा शासनको अवस्थाको चित्रण गरिएको थियो ।

यही पुस्तकमा उल्लेख गरिएका कुकुरका जातहरू (स्वदेशी र विदेशी कुकुर) तथा मकैमा लाग्ने रातो टाउके र कालो टाउके किराहरूलाई राणा शासन र शासकहरूप्रतिको व्यङ्ग्य मानेर राणा शासकले अधिकारीलाई जेल हाले । लेखक अधिकारीको जेलमै निधन भयो ।

जब समाजमा अत्याचार, दमन र अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाइन्छ, तब त्यसको प्रतिवाद गर्न कृष्णलाल अधिकारी जस्ता साहसी र क्रान्तिकारी चेत भएका व्यक्तिहरू जन्मिन्छन् भन्ने आशय प्रकट गर्न एमालेका उपमहासचिव योगेश भट्टराईले ‘मकैको खेती’ नामक पुस्तक सम्झिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?