२१ असोज, काठमाडौं । पर्साको ठोरी गाउँपालिका- ४ बाट बिरामी लिएर चितवनतर्फ आउँदै गरेको एम्बुलेन्स खोलाले बगाएको छ।
आज बिहान चितवनको माडी क्षेत्रमा परेको भारी वर्षापछि बगहीको सहायक खोलाले एम्बुलेन्स बगाएको गाउँपालिकाकी उपाध्यक्ष गोकुलीकुमारी रेग्मीले जानकारी दिइन् ।
उनका अनुसार एम्बुलेन्स बगाएको ठाउँ चितवनको माडीस्थित बगही खोलाको पुलदेखि पूर्वतर्फ रहेको अर्को सानो खोला हो ।
एम्बुलेन्समा चालकसहित तीन जना सवार थिए । उनीहरू सबै सकुशल रहेको उनको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4