+
+
Shares

सञ्चारमन्त्रीसँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २१ गते १६:१७

२१ असोज, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ कम्युनिकेसन्स (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल लोइसले शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटमा नेपाल र स्विट्जरल्यान्डबीच सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा सहकार्य र सहयोग विस्तारका विषयमा छलफल भएको छ ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले विभिन्न क्षेत्रमा स्विट्जरल्यान्ड सरकारबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सहकार्य र सहयोग थप विस्तार सञ्चारमन्त्रीले नेपालले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै यस क्षेत्रमा लगानी भिर्त्याउन वातावरण सहज बन्दै गएको बताए ।

वरिष्ठ नीति सल्लाहकार लोइसले सन् २०२७ जुन २१ र २२ मा स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने ‘एआई ग्लोबल समिट २०२७’ मा नेपालको सहभागिताका लागि निमन्त्रणा दिए । उनले सम्मेलनमा नेपालको तथा सम्बन्धित सरोकारवालाको प्राथमिकताबारे जानकारी लिएका थिए ।

साथै उनीहरूबीच ‘फ्रिडम अनलाइन कोलिसन’ मा नेपालको सम्भावित सहभागिता तथा पर्यवेक्षकका रूपमा नेपालको भूमिकाका विषयमा पनि छलफल भएको थियो । हाल ४२ सदस्य राष्ट्र रहेको उक्त गठबन्धनले इन्टरनेट तथा अभिव्यक्ति स्वतन्त्रता, गोपनीयता र अनलाइन अधिकार प्रवर्द्धनमा सहकार्य गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?