+
+
Shares

गुपचुप छायांकनमा दीपेन्द्रको ‘श्रीमान् श्रीमती’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २२ गते १३:५१

काठमाडौं । निर्देशक दीपेन्द्र के खनालले गुपचुपमै फिल्म ‘श्रीमान् श्रीमती’ को छायांकन सक्काउन लागेका छन् ।

घोषणा नगरी सुरु भएको यो फिल्म अहिले काठमाडौंका विभिन्न स्थानमा छायांकन भइरहेको छ । अबको एक हप्तामा छायांकन सकिने निर्देशक खनालले जानकारी दिए ।

पारिवारिक कथा रहेको यस फिल्मको मुख्य भूमिकामा खगेन्द्र लामिछाने र सुरक्षा पन्त छन् ।

पटकथा प्रडक्सन र टुकी आर्ट्सको प्रस्तुति रहेको यस फिल्मका निर्माता खगेन्द्र लामिछाने र दीपेन्द्र के खनाल हुन् । फिल्मको लेखन पनि खनाल स्वयंले गरेका छन् । फिल्मको पटकथा तथा संवाद भने दीपेन्द्र के खनाल र महेश दवाडीले संयुक्त रूपमा तयार पारेका हुन् । फिल्मको छायांकन कृष्ण बा. थापाले गरिरहेका छन् ।

निर्माण टिमले फिल्मको प्रदर्शन मिति भने सार्वजनिक गरेको छैन ।

निर्देशक खनालको यसअघि पछिल्लो समय रिलिज भएको फिल्म ‘हरिबहादुरको जुत्ता’ हो । तर, त्यसपछि पनि उनले फिल्म ‘क्याप्टेन साब’ को छायांकन भने गरिसकेका छन् । रिलिज हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?