+
+
Shares

मातातीर्थ-स्युचाटार १३२ केभी प्रसारण लाइनमा तार परिवर्तन हुँदै, काठमाडौंमा २ दिन विद्युत् अवरुद्ध हुन सक्ने

प्रसारण लाइन बन्द रहने अवधिमा मातातीर्थ, स्युचाटार लगायत सम्बन्धित सबस्टेसनबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुन सक्ने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते १३:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल विद्युत् प्राधिकरणले मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनमा पुरानो कन्डक्टर हटाएर उच्च क्षमताको नयाँ तार जडान गर्ने भएको छ।
  • शनिबार र आइतबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म लाइन बन्द रहने भएकाले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ।
  • एचटीएलएस कन्डक्टर जडानपछि प्रसारण लाइनको क्षमता बढ्ने र विद्युत् प्रणाली थप भरपर्दो हुने अपेक्षा गरिएको छ।

२३ असोज, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनमा तार परिवर्तन गर्ने भएको छ ।

काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन तार परिवर्तन गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरण गर्न पुरानो तार (कन्डक्टर) हटाएर उच्च क्षमताको नयाँ तार जडान गर्न लागिएको प्राधिकरणले जनाएको छ । जसले गर्दा भोलि असोज २४ शनिबार र २५ आइतबार काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित १३२ केभी प्रसारण लाइन स्तरोन्नति आयोजनाले मातातीर्थ–स्युचाटार १३२ केभी डबल सर्किट प्रसारण लाइनमा रहेको पुरानो कन्डक्टर परिवर्तन गरी उच्च क्षमताको नयाँ कन्डक्टर जडान गर्न लागेको हो । त्यसका लागि शनिबार र आइतबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म प्रसारण लाइन बन्द गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

कम क्षमताको पुरानो कन्डक्टरको सट्टा उच्च क्षमताको एचटीएलएस कन्डक्टर जडान गर्न लागिएको हो । डबल सर्किट लाइनको एउटा सर्किटको करिब ४ सय मिटर कन्डक्टर बदल्न बाँकी छ । उक्त कार्य सम्पन्न भएपछि प्रसारण लाइनको विद्युत् वहन क्षमता अभिवृद्धि हुनुका साथै बढ्दो विद्युत् माग व्यवस्थापन गर्न र विद्युत् प्रणालीलाई थप भरपर्दो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रसारण लाइन बन्द रहने अवधिमा मातातीर्थ, स्युचाटार लगायत सम्बन्धित सबस्टेसनबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुन सक्ने छ ।

निर्धारित समयभित्रै काम सम्पन्न गर्ने गरी आवश्यक प्राविधिक तयारी गरिएको र मौसम प्रतिकूल भए कार्यतालिका परिवर्तन हुन सक्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?