+
+
Shares

आईजीपी कार्की र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता

भेटवार्तामा राजदूत बोल्डिनले रसुवा बाढीका कारण बेपत्ता भएका अमेरिकी नागसरक तथा अन्य पीडितहरूको खोजी, उद्धार र पहिचानमा प्रहरीले पुर्‍याएको योगदानप्रति आभार व्यक्त गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते १६:०७

२३ असोज, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक(आईजीपी) दानबहादुर कार्की र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ । प्रहरी प्रधान कार्यालयमा शुक्रबार दुवै जनाबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा राजदूत बोल्डिनले रसुवा बाढीका कारण बेपत्ता भएका अमेरिकी नागसरक तथा अन्य पीडितहरूको खोजी, उद्धार र पहिचानमा प्रहरीले पुर्‍याएको योगदानप्रति आभार व्यक्त गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

राजदूत बोल्डिनले विपद् प्रभावित समुदायलाई अमेरिकाले सहयोग गर्ने प्रतिबद्धता पनि दोहोर्‍याएकी छन् । यस्तै, विपद् प्रतिकार्यसम्बन्धी उपकरण, विपद्पीडितको पहिचानमा प्राविधिक सहयोग तथा र्‍यापिड डीएनए परीक्षणका सामग्री उपलब्ध गराउने विषयमा पनि राजदूत बोल्डिनले आईजीपी कार्कीलाई जानकारी दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?