News Summary
Generated by OK AI. Editorially reviewed.- मन्त्रिपरिषद्ले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिएको छ।
- मन्त्रिपरिषद्ले बिटौरी जग्गामा बसोबास गरेका व्यक्तिको नाममा जग्गा दर्तासम्बन्धी समिति गठन आदेश २०८३ स्वीकृत गरेको छ।
- मन्त्रिपरिषद्ले २०औँ एसियाली खेलकुदमा पदक जित्ने महिला कबड्डी र करातेका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार दिने निर्णय गरेको छ।
- सह–न्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गरिएको छ।
२३ असोज, काठमाडौं । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ ।
शुक्रबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सार्वजनिक गरेका हुन् ।
उनका अनुसार, विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्ड सम्बन्धी म्यान्डेट एग्रिमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय भएको छ ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू–
१. विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्ड सम्बन्धी म्यान्डेट एग्रिमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने।
२. बिटौरी जग्गामा बसोबास गरी आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश २०८३ स्वीकृत गर्ने।
३. जापानको आइची नागोयामा भएको २०औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र कराते खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने।
४. नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सह–न्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने। ०००
प्रतिक्रिया 4