इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकासँग हुने वार्ता दबाब र धम्कीबिना अघि बढे मात्रै सफल हुने बताएका छन् ।
तुर्कमेनिस्तानमा आयोजित स्वतन्त्र राष्ट्रहरूको राष्ट्रमण्डल (सीआईएस) को शिखर सम्मेलनलाई सम्बोधन गर्दै पेजेस्कियानले यस्तो बताएका हुन् ।
इरानले थकाइलाग्दो प्रतिस्पर्धाको सट्टा सहकार्य, एकपक्षीय निर्भरताको सट्टा पारस्परिक अन्तरनिर्भरता तथा धम्कीको सट्टा विश्वास र साझा हितमा आधारित सुरक्षा चाहेको उनले बताए ।
राष्ट्रपति पेजेस्कियानले एकपक्षीयताभन्दा बहुपक्षीय सहकार्यको महत्त्वमा जोड दिँदै ऊर्जा बजारमा एकअर्कालाई विस्थापित गर्ने प्रतिस्पर्धा गर्नुको सट्टा यस क्षेत्रलाई ऊर्जा उत्पादन, प्रसारण र आदानप्रदानको सञ्जालका रूपमा विकास गर्न सकिने बताए ।
‘यस महत्त्वपूर्ण र रणनीतिक क्षेत्रका देशहरू बहुध्रुवीय विश्व निर्माणमा प्रमुख भूमिका खेल्ने शक्तिका रूपमा रहनुपर्छ,’ पेजेस्कियानले भने ।
प्रतिक्रिया 4