+
+
Shares

पूर्वसांसद बिदेश्वर यादवले जसपा नेपाल छाडे

पार्टीको केन्द्रीय सदस्य रहेका यादवले साधारण सदस्यतासमेत पार्टीको सम्पूर्ण आबद्धताबाट अलग हुने घोषणा गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते २०:४७

२३ असोज, ‎सप्तरी । ‎पूर्व प्रदेश सांसद बिदेश्वर यादव (विक्की)ले जनता समाजवादी पार्टी (जसपा) नेपाल छाडेका छन् । पार्टीको केन्द्रीय सदस्य रहेका यादवले साधारण सदस्यतासमेत पार्टीको सम्पूर्ण आबद्धताबाट अलग हुने घोषणा गरेका हुन् ।

उनले शुक्रबार ललितपुरस्थित ज्यापू भवनमा बसेको केन्द्रीय समिति बैठकका क्रममा राजीनामा सार्वजनिक गरेका छन् ।

राजीनामापत्रमा उनले ‎पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर भएको, नेतृत्व व्यक्तिकेन्द्रित बनेको र नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्ने वातावरण साँघुरिँदै गएको आरोप लगाउँदै उनले पार्टी छाड्ने निर्णय गरेको बताएका छन् ।

यादवले जसपा नेपाल छाडेपनि मधेशका मुद्दा भने नछाडेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?