News Summary
Generated by OK AI. Editorially reviewed.- कानुनमन्त्री सोबिता गौतमसँग फ्रान्सेली राजदूत फ्रान्स्वाज पुइग–इन्जाले शुक्रबार सिंहदरबारमा शिष्टाचार भेट गरेकी छिन् ।
- राजदूत इन्जाले भोटेकोशी बाढीपीडितप्रति समवेदना व्यक्त गर्दै फ्रान्सबाट मानवीय सहायता प्रदान गरेको बताइन् ।
- भेटमा पारस्परिक कानूनी सहायता, हवाई सेवा विधेयक र द्विपक्षीय सहयोग सुदृढ गर्ने विषयमा छलफल भएको सचिवालयले जनाएको छ ।
२३ असोज, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्स्वाज पुइग–इन्जाले शिष्टाचार भेट गरेकी छिन् ।
मन्त्री गौतमसँग शुक्रबार सिंहदरबारमा भएको भेटमा राजदूत इन्जाले भोटेकोशी बाढीबाट भएको क्षतिले मृत्यु भएका व्यक्तिहरू प्रति समवेदना व्यक्त गर्दै फ्रान्सबाट मानवीय सहयता प्रदान गरेको र यस्तो विकराल अवस्थाले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु परिवर्तनको क्रुर रूप स्मरण गराएको बताइन् ।
जलवायु परिवर्तनको असर जहाँ जुनसुकै समयमा हुने हुँदा कानूनको राज्य, बहुपक्षीयवादमा विश्वास गर्ने राज्यहरूले आफ्नो अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्ने तर्फ गम्भीर हुनुपर्ने विषय रहेको उनले बताइन् ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पारस्परिक कानूनी सहायताको केन्द्र निकाय भएको हुँदा यस विषयमा दुई देश बिचको सहमति गर्नको लागि प्रकृया सक्दो चाँडो गर्न दुवै पक्षबीच छलफल भएको सचिवालयले जनाएको छ ।
त्यस्तै, नेपाल सरकारले नेपालको हवाई सेवालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सेवा प्रदायक र नियामक निकायका रूपमा दुई संरचना परिकल्पना गरी विधेयक दर्ता गरेको विषयमा छलफल भयो। राजदूत इन्जाले यसमार्फत हवाई सुरक्षा कालो सूचिबाट हट्नको लागि नेपाल सरकारबाट भइरहेका प्रयासको प्रशंसा गरे ।
भेटमा दुवै पक्षले द्बिपक्षीय सहयोगलाई थप सुदृढ बनाउँदै आवश्यकता अनुसार समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया 4