News Summary
Generated by OK AI. Editorially reviewed.- भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका १८ मोबाइल व्यवसायीलाई नेपाल मोबाइल व्यवसायी महासंघले ८ लाख २५ हजार रुपैयाँ राहत दिएको छ।
- महासंघका अध्यक्ष रमेश घिमिरेले राहत रकम नेपाल मोबाइल व्यवसायी संघ नुवाकोटका अध्यक्ष सरोज श्रेष्ठलाई हस्तान्तरण गरेका छन्।
- महासंघले विपद्का समयमा प्रभावित व्यवसायीको साथमा उभिँदै सहयोग निरन्तरता दिने जनाएको छ।
२३ असोज, काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका मोबाइल व्यवसायीलाई नेपाल मोबाइल व्यवसायी महासंघले राहत सहयोग उपलब्ध गराएको छ ।
नेपाल मोबाइल व्यवसायी संघ नुवाकोटमा आबद्ध १८ जना व्यवसायीका लागि एकमुष्ट ८ लाख २५ हजार रुपैयाँ राहतस्वरूप प्रदान गरिएको हो ।
उक्त राहत रकम नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष रमेश घिमिरेले नेपाल मोबाइल व्यवसायी संघ नुवाकोटका अध्यक्ष सरोज श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।
राहत रकम हस्तान्तरण कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष भरत भट्टराई, पदाधिकारी तथा विभिन्न जिल्लाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
बाढीबाट प्रभावित व्यवसायीलाई राहत तथा सहयोग जुटाउन महत्वपूर्ण योगदान गरेको भन्दै काभ्रे, मकवानपुर र काठमाडौं जिल्लालाई विशेष धन्यवाद दिइएको छ ।
महासंघले विपद्का समयमा प्रभावित व्यवसायीको साथमा उभिँदै आवश्यक सहयोगलाई निरन्तरता दिने जनाएको छ ।
प्रतिक्रिया 4