News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विषय विज्ञतर्फको केन्द्रीय सदस्य निर्वाचनमा ३ हजार २१ मत गणनापछि डा. केदार नरसिंह केसी १ हजार ३८३ मतसहित अगाडि छन्।
- प्रा.डा. जगदीशचन्द्र पोखरेलले १ हजार १३१, डा. प्रदीप मिश्रले ७०२ र वरिष्ठ अधिवक्ता सितराम केसीले ६५१ मत प्राप्त गरेका छन्।
- डाँ. नहकुल केसीले ५८०, केशव निरौला ५४५, शिवशंकर रिजालले ५३८ र सीए पदम भट्टराईले ५३० मत प्राप्त गरेका छन्।
२८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पेशागत (विषय विज्ञ) तर्फ पाँच पदका लागि भएको निर्वाचनको जारी मतगणनामा डा. केदार नरसिंह केसीले अग्रता कायमै राखेका छन् ।
३ हजार २१ मत गणना हुँदा डा. केदार नरसिंह केसीले १३८३ मत प्राप्त गरेका हुन् ।
यसैगरी प्रा.डा. जगदीशचन्द्र पोखरेल ११३१ मतसहित दोस्रो स्थानमा छन् ।
त्यस्तै, डा. प्रदीप मिश्रले ७०२, वरिष्ठ अधिवक्ता सितराम केसीले ६५१ र डा. नहकुल केसीले ५८० मत प्राप्त गरेका छन् ।
प्राप्त मतका आधारमा शीर्ष १० उम्मेदवारको सूची यस्तो छ ।
१. डा. केदार नरसिंह केसी– १३८३
२. प्रा.डा. जगदीशचन्द्र पोखरेल– ११३१
३. डा. प्रदिप मिश्र– ७०२
४. वरिष्ठ अधिवक्ता सितराम केसी– ६५१
५. डा. नहकुल केसी– ५८०
६. केशव निरौला– ५४५
७. शिवशंकर रिजाल (जोगिन्दर)– ५३८
८. सीए पदम भट्टराई– ५३०
९. अधिवक्ता कलमबहादुर खत्री- ४९१
१०. भरतराज ढकाल– ४७५
प्रतिक्रिया 4