News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३५ वर्षमुनिका युवातर्फ केन्द्रीय सदस्य पदको मतगणनामा सचिन तिमल्सेना ९२९ मतसहित पहिलो स्थानमा देखिएका छन्।
- सुशील भट्टले ८८२, इन्जिनियर अभिषेक आत्रेयले ७९२, आदर्श मल्लले ७८५ र डा. आयुष बगालेले ७१८ मत प्राप्त गरेका छन्।
- यस समूहबाट सात जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ, र सातौँ स्थानमा सौगात थापा तथा आठौँमा इन्जिनियर शैलेश मिश्रबीच ३१ मतको अन्तर छ।
२७ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सातै प्रदेशबाट ३५ वर्षमुनिका युवातर्फ केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको मतगणनामा सचिन तिमल्सेना पहिलो स्थानमा देखिएका छन्।
पछिल्लो मत गणनाअनुसार तिमल्सेनाले ९२९ मत प्राप्त गरेका छन्। सुशील भट्ट ८८२ मतसहित दोस्रो स्थानमा छन्।
त्यस्तै, इन्जिनियर अभिषेक आत्रेयले ७९२, आदर्श मल्लले ७८५, डा. आयुष बगालेले ७१८ र इन्जिनियर रोशन बस्नेतले ६६० मत प्राप्त गरेका छन्। सौगात थापा ५५२ मतसहित सातौँ स्थानमा छन्।
यस समूहबाट सात जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ।
पछिल्लो मतपरिणाममा सातौँ स्थानमा रहेका सौगात थापा र आठौँ स्थानका इन्जिनियर शैलेश मिश्रबीच ३१ मतको अन्तर छ। मिश्रले ५२१ मत प्राप्त गरेका छन्।
अन्य उम्मेदवारमध्ये उषा सापकोटाले ४५८, विनोदराज जोशीले ४३९, यजशिव राईले ४३०, मदनराज उपाध्यायले ४२९ र विजय गुरुङले ४१६ मत प्राप्त गरेका छन्।
त्यस्तै, श्यामराज ओझाले ३८७, भुपेन्द्र सिंह थेवेले ३४६, सागर विकले ३३४, केशरजंग बमले ३२५, पवन आचार्यले ३१८, उस्प्रार सुनारले २८६, खगेन्द्र आचार्यले २६४, सूर्य न्यौपानेले २५९, मेधराज थापाले २३७ र सुजन सापकोटाले २२९ मत पाएका छन्।
नरबहादुर खड्का (नरेश)ले १९२, प्रकाश उप्रेतीले १५८, ओजश शर्माले १३९ र मोजाहिद हकले ९३ मत प्राप्त गरेका छन्।
प्रतिक्रिया 4