+
+
Shares

तीन दिनमा सुनको मूल्य प्रतितोला ७ हजार घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २८ गते १०:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँ घटाएर २ लाख ८९ हजार ५ सय रुपैयाँ तोकेको छ।
  • विगत तीन दिनमा सुनको मूल्य तोलामा ७ हजार रुपैयाँ घटेको छ, अघिल्लो दिनको २ लाख ९२ हजार २ सय रुपैयाँबाट।
  • आज चाँदीको भाउ पनि तोलामा १ सय रुपैयाँ घटेर ४ हजार २५५ रुपैयाँ पुगेको छ।

२८ असोज, काठमाडौं । बुधबार सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँ घटेको छ । योसहित विगत तीन दिनमा सुनको मूल्य तोलामा ७ हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य तोलामा २ लाख ८९ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९२ हजार २ सय रुपैयाँ थियो । त्यस्तै आइतबार सुनको मूल्य तोलामा २ लाख ९६ हजार ५ सय रुपैयाँ थियो ।

चाँदीको भाउ आज तोलामा १ सय रुपैयाँ घटेको छ । महासंघले आजका लागि चाँदीको भाउ तोलामा ४ हजार २५५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन ४ हजार ३५५ रुपैयाँ थियो । आइतबार चाँदीको भाउ ४ हजार ४४० रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?