News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल एयरलाइन्सले भारत जाने वा भारतबाट सञ्चालन हुने उडानमा क्याबिन ह्यान्डब्याग, चेकइन ब्यागेज र कार्गोमा पावर बैंक बोक्न पूर्ण प्रतिबन्ध लागेको सूचना दिएको छ।
- भारत नागरिक उड्डयन महानिर्देशनालयको सर्कुलरअनुसार नेपालबाट भारत जाने यात्रुले पनि अब साथमा पावर बैंक बोक्न पाउने छैनन्।
२७ असोज, काठमाडौं । नेपालबाट भारत जाने यात्रुले अब साथमा पावर बैंक बोक्न नपाउने भएका छन् ।
नेपाल एयरलाइन्सले सूचना प्रकाशन गर्दै यसबारे जानकारी दिएको हो । भारत नागरिक उड्डयन महानिर्देशनालयको सर्कुलरले यस्तो व्यवस्था गरेको हो ।
अब भारतबाट वा भारततर्फ सञ्चालन हुने कुनै पनि उडानको क्याबिन ह्यान्डब्याग, चेकइन ब्यागेज वा कार्गोका रूपमा बोक्न पूर्णरूपमा प्रतिबन्ध गरिएको छ ।
यसअघि दिल्लीबाट चेन्नईतर्फ गइरहेको इन्डिगो एयरलाइन्सको विमानमा सवार एक यात्रुको पावर बैंकमा आगलागी भएपछि विमानलाई हैदराबाद डाइभर्ट गरी आकस्मिक अवतरण गराइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4