News Summary
Generated by OK AI. Editorially reviewed.- मुम्बई प्रहरीले अमेरिकी नागरिक तथा आमिर खानका भान्जा इमरान खानलाई अक्टोबर २८ सम्म भारत छाड्न आदेश दिएको छ।
मुम्बई प्रहरीले बलिउड अभिनेता तथा आमिर खानका भान्जा इमरान खानलाई अक्टोबर २८ सम्म भारत छाड्न आदेश दिएको छ । मुम्बईस्थित अगस्ट क्रान्ति मैदानमा आयोजित निर्वाचन आयोग विरोधी प्रदर्शनमा सहभागी भएपछि प्रहरीले उनीविरुद्ध यो कारबाही अघि बढाएको हो ।
मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले राजीनामा दिनुपर्ने माग गर्दै आयोजना गरिएको उक्त प्रदर्शनका क्रममा प्रहरीले खानलाई नियन्त्रणमा लिएको थियो । खान अमेरिकी नागरिक हुन् । उनीसँग ओभरसिज सिटिजन अफ इन्डिया (ओसिएआई) कार्ड रहेको छ ।
मुम्बई प्रहरीका अनुसार खान भारतीय नागरिक नभएको र विदेशी नागरिक भएर पनि विरोध प्रदर्शनमा भाग लिएकाले उनीमाथि अप्रवासन ऐनअनुसार कारबाही सुरु गरिएको हो ।
यस ऐन अन्तर्गत, सरकारले भारतमा विदेशी नागरिकहरूको बसाइ र गतिविधिहरूमा विभिन्न सर्तहरू तोक्न सक्छ ।
देश निकाला गर्न भाजपा नेताले माग
यसअघि, भारतीय जनता पार्टी (भाजपा) का पूर्वसांसद किरित सोमैयाले विदेशी नागरिक भएर पनि कक्रोच जनता पार्टी (सिजेपी) को समर्थनमा आयोजित प्रदर्शनमा सहभागी भएको भन्दै खानमाथि कारबाही गर्न मुम्बई प्रहरीलाई पत्र लेखेका थिए ।
उक्त पत्रमा सोमैयाले विदेशी नागरिकलाई भारतमा यसरी आन्दोलनमा सहभागी हुने कानुनी अनुमति छ वा छैन भनी प्रश्न गरेका थिए । सोमैयाले खानले प्रदर्शनमा सहभागी हुन पूर्वस्वीकृति लिए नलिएकोबारे अनुसन्धान गर्न र उनीमाथि उचित कदम चाल्न प्रहरीसमक्ष माग गरेका थिए ।
साथै सामाजिक सञ्जालमार्फत उनले अभिनेता खानलाई तत्काल देश निकाला गरिनुपर्ने बताएका थिए ।
प्रतिक्रिया 4