+
+
Shares

शुक्लाफाँटा निकुञ्ज पीडितले बुझाए सीडीओमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २९ गते १२:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शुक्लाफाँटा राष्ट्रिय निकुञ्जपीडितहरूले आवास, जग्गा र क्षतिपूर्ति माग्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
  • संघर्ष समितिले पुनर्स्थापनाको अवधि तोक्न, प्रति परिवार १० कठ्ठा जग्गा, २० लाख रुपैयाँ क्षतिपूर्ति र ५०० क्युफिट काठ मागेको छ ।
  • २०५८ सालदेखि विस्थापित २ हजार ४७३ परिवार १७ वटा शिविरमा बस्दै आएका छन् ।

२९ असोज, काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जपीडितहरूले आवास, जग्गा र क्षतिपूर्ति पाउनु पर्ने माग राखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आरक्ष पीडित जिल्ला संघर्ष समितिका अध्यक्ष जयबहादुर रोकायाको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी मदन कोइरालालाई ज्ञापनपत्र बुझाएको हो ।

प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रको बोधार्थ गृह, वन र भूमि सुधार मन्त्रीलाई पनि दिइएको संघर्ष समितिका सचिव कृष्ण भट्टले जानकारी दिए । उनी २०५८ सालदेखि संघर्ष गर्दा पनि आफूहरूले न्याय नपाएको बताउँछन् ।

पुनर्स्थापनाको काम सुरु र सम्पन्न हुने अवधि तोक्नुपर्ने, पीडित परिवारलाई १० कठ्ठामा नघटाई जग्गा उपलब्ध गराउनु पर्ने, २० लाख रुपैयाँ क्षतिपूर्ति र घरगोठ बनाउन ५०० क्युफिट काठ उपलब्ध गराउनु पर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

२०५८ सालमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष) क्षेत्रबाट विस्थापितहरू १७ वटा शिविरमा बस्दै आएका छन् । जसमध्ये कञ्चनपुरको भीमदत्त–४, भगतपुरस्थित सेल्टर ५०० परिवार पीडितहरू बस्दै आएका छन् ।

ढक्का शिविरमा ६०४, तारापुरमा १८०, लल्लरेडाँडामा १३ परिवार बस्दै आएका छन् । बाणी, सिसमघारी, मालुबेला, सिमलफाँटा, वनहरा, बैशाखा, सुडा र बेलडाँडीमा गरि २ हजार ४७३ परिवार बसेको सचिव भट्ट बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?