+
+
Shares

नारायणी नदीमा खुट्टा धुन गएका आमा-छोरा बेपत्ता, छोरीको उद्धार

नारायणी नदी किनारमा खुट्टा धुन गएका आमा छोरा डुबेर बेपत्ता भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २९ गते १३:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनको नारायणी नदी किनारमा खुट्टा धुन गएका ३२ वर्षीया सिर्जना शर्मा र उनका ६ वर्षीय छोरा प्रशिद्ध पौडेल डुबेर बेपत्ता भएका छन् ।
  • उनीहरूको ११ वर्षीया छोरी प्रसिद्धी पौडेललाई वडा प्रहरी कार्यालय नारायणगढले विपद् उद्धार टोलीसँग समन्वय गरेर उद्धार गरेको छ ।
  • जिल्ला प्रहरी कार्यालय चितवनले बेपत्ता आमा र छोराको खोजी कार्य जारी रहेको जनाएको छ ।

२९, असोज, चितवन । नारायणी नदी किनारमा खुट्टा धुन गएका आमा छोरा डुबेर बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका वडा नं. १ पशुपति मन्दिर पछाडि खुट्टा धुन भन्दै गएका खैरहनी नगरपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१२ मुनालचोकस्थित बस्दै आएकी ३२ वर्षीया सिर्जना शर्मा र उनका ६ वर्षीय छोरा प्रशिद्ध पौडेल बेपत्ता भएका हुन् ।

उनकी ११ वर्षीया छोरी प्रसिद्धी पौडेललाई भने प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । वडा प्रहरी कार्यालय नारायणगढले विपद् उद्धार टोलीसँग समन्वय गरेर छोरी प्रसिद्धीलाई उद्धार गर्न सफल भए पनि आमा र छोरा भने नदीमा नै बेपत्ता छन्। बेपत्ता सिर्जना र उनका छोरा प्रसिद्धको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?